प्रदेश ५ को प्रदेशसभा अवरुद्ध

प्रदेश ५ को प्रदेशसभा अवरुद्ध

प्रतिपक्ष दलको अबरोधका कारण प्रदेश ५ को प्रदेशसभा अवरुद्ध बन्न पुगेको छ। प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलले नाराबाजी गरेपछि समभामुख पूर्णबहादुर घर्तीले २ बजेसम्मका लागि सभा सारेका हुन्।

प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले बोले लगत्तै उनीहरूले नाराबाजी गरेका थिए।

सभामा बोल्दै उनले मुख्यमन्त्री शंकर पोख्रेलले अध्यक्ष केपी ओली र पुष्पकमल दहालको बुई चढेर प्रदेश सभालाई बाइपास गरेको आरोप लगाए। भोट बैंकलाई राजधानीको बिषय बनाउनु गलत भएको हुँदा त्यसलाई छोड्न उनको अनुरोध छ।


Leave a Reply

Your email address will not be published.