सञ्चारकर्मीका जायज माग पूरा गर्नुपर्छ : हाम्रो नेपाल सुशासन अभियान

सञ्चारकर्मीका जायज माग पूरा गर्नुपर्छ : हाम्रो नेपाल सुशासन अभियान

कोभिडको बाहनामा विभिन्न सञ्चारमाध्यमबाट विष्काशनमा परेका, बेतलवी विदामा बसेका तथा न्यूनतम पारिश्रमिक नपाएका पीडित पत्रकार/कर्मचारीको आन्दोलनमा ‘हाम्रो नेपाल, सुशासन’ अभियानले पनि ऐक्यबद्धता जनाएको छ। 

सोमबार अभियानले एक विज्ञप्ती जारी गर्दै पीडित पत्रकारको आन्दोलनमा ऐक्यबद्धता जनाएको हो। अभियानले सञ्चारकर्मीका जायज माग पूरा गर्न सञ्चारमाध्यम तथा सरकारलाई अनुरोध गरेको छ।

पारिश्रमिक नपाएर अनशनमा बसेका सञ्चारकर्मीहरूको आन्दोलनप्रति अभियानको ध्यानाकर्षण भएको बताएको छ। विज्ञप्तीमा भनिएको छ, ‘अहिले संचारगृहमा कार्यरत संचार कर्मीहरूले आफ्नो पारिश्रमिक नपाएको कारण रिले अनसनमा वसेको अवस्थामा हाम्रो अभियानको ध्यान आकृष्ट भएको छ।’

कोरोना महामारीमा समेत जीवनको प्रवाह गनरी समाज र राष्ट्रलाई सुसूचित गराउन खटिएका सञ्चारकर्मीका जायज आवाज र मागहरूलाई सञ्चारगृहले विवेकपूर्ण रुपमा सम्बोधन गर्न अभियानले अनुरोध गरेको छ। 

‘सञ्चारकर्मीहरूका जायज मागहरूप्रति हाम्रो समर्थन छ र हामी ऐक्यबद्धता जनाउँछौं,’ विज्ञप्तीमा भनिएको छ। यस्तै, सरकारले नियमनकारी र मध्यस्तकर्ताको रुपमा निभाऊनु पर्ने भुमिका प्रभावकारी रुपमा निभाई कोरोना संत्रास र चाडबाडको समेत मुखमा सञ्चारकर्मीहरूलाई निरास नबनाई  प्रोत्साहन गर्नुपर्ने आग्रह गरिएको छ। 

‘सञ्चार जगत देशको चौथो अंग हो र यसको भूमिकाले राष्ट्रलाई हुने क्षती, भ्रष्ट आचरणको भण्डाफोर र वास्तविक अवस्थाको उजागर गर्न धेरै हदसम्म सहयोग गरेको स्थितिलाई सबैले महशुस गरी संचारकर्मीहरूका जायज मागमा सबैको समर्थनका लागी आग्रह गर्दछौ,’ अभियानका संयोजक रमेश खरेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ।


Leave a Reply

Your email address will not be published.