‘सरकार सुतेको र डा. केसी जागेको आज २२औं दिन’

‘सरकार सुतेको र डा. केसी जागेको आज २२औं दिन’

त्रिवि शिक्षण अस्पतालका चिकित्सकले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज दिउँसो र्‍याली निकालेका छन्।

कोभिड र इमर्जेन्सीबाहेकका सेवा ठप्प गरेर दिउँसो १ बजेबाट ३ बजेसम्म चिकित्सकहरूले अस्पतालदेखि महाराजगन्ज चोकसम्म र्‍याली निकालेका हुन्।

चिकित्सकहरूले हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा केसीको साथमा, डा. केसीको माग पुरा गर, सरकार सुतेको र डा. केसी जागेको आज २२ औं दिन, डा. केसी व्यक्ति हैन, आवाज हुन लगायतका प्लेकार्ड बोकेका थिए।

डा. केसीको मुटुको चाल कमजोर भइरहेको हुँदा कतिबेला के हुन सक्छ भन्ने एकीन गर्न नसकिने डा. सुवास आचार्यले बताए।

डा. केसीको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएपछि उनलाई अक्सिजन दिन थालिएको छ।

चिकित्सकहरूले डा. केसीको अवस्था खराब हुँदै गएको बताए पनि उनले कुनै उपचार लिन मानेका छैनन्।

उनले आफ्ना माग पूरा नहुन्जेल कुनै पनि उपचार नलिने अडान राख्दै आएका छन्। तर, सरकारले भने उनका मागप्रति कुनै चासो देखाएको छैन।

सावधानी स्वरुप हिजोदेखि डा. केसीलाई स्वास्थ्यकर्मी बाहेक अरुले भेट्न नपाउने व्यवस्था गरिएको छ।


Leave a Reply

Your email address will not be published.