देशभर २४४० र काठमाडौं उपत्यकामा मात्रै १५३१ संक्रमित थपिए

देशभर २४४० र काठमाडौं उपत्यकामा मात्रै १५३१ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा देशभर २ हजार ४ सय ४० संक्रमित थपिएका छन्।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनु्सार काठमाडौं उपत्यकामा मात्रै १५ सय ३१ संक्रमित थपिएका छन्।

आज काठमाडौंमा ११ सय ७८, भक्तपुरमा १ सय ३ र ललितपुरमा २ सय ५० गरी उपत्यकामा १५ सय ३१ संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घन्टामा ११ सय ३३ जनाले कोरोना जितेका छन्। योसँगै आजसम्म कोरोना जित्नेको संख्या ६५ हजार २ सय २ पुगेको छ।


Leave a Reply

Your email address will not be published.