काठमाडौं उपत्यकामा १२ सहित देशभर १९ संक्रमितको मृत्यु

काठमाडौं उपत्यकामा १२ सहित देशभर १९ संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा थप १९ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा पाँच महिला र १४ पुरुष छन्।

योसँगै आजसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ५४ पुगेको छ। 

पछिल्लो २४ घन्टामा ज्यान गुमाउनेमा सुनसरी र पर्साका एक/एक जना रहेका छन्।

यस्तै सर्लाहीमा दुई र काठमाडौंमा मात्रै ९ जनाले ज्यान गुमाएका छन्। यस्तै ललितपुरमा तीनजनाको ज्यान गएको छ। चितवन, गोरखा र  नवलपरासीपूर्वमा एक/एक जनाले ज्यान गुमाएका छन्।


Leave a Reply

Your email address will not be published.