मदन भण्डारी  प्रतिष्ठानका कर्मचारी मृत फेला

मदन भण्डारी  प्रतिष्ठानका कर्मचारी मृत फेला

मदन भण्डारी स्मृति प्रतिष्ठान प्राविधिक शिक्षालय दमकका एक कर्मचारी सोमबार मृत फेला परेका छन्।

मोरङ उर्लावारी नगरपालिका-५ का ४५ वर्षीया मुक्तिनाथ दाहाल मृत फेला परेको झापा प्रहरीले जनाएको छ। उनी प्रतिष्ठानको लेखा हेर्ने कर्मचारी हुन्।

शिक्षालयको कक्षा कोठामा फेनमा प्लाष्टिकको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा दाहालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।      

घटनाबारे आवश्यक अनुसन्धान सु्रु गरिएको छ। उनले आत्महत्या गरेको हुन सक्ने जनाइएको छ।


Leave a Reply

Your email address will not be published.