तीनकुनेमा बिएमडब्लुको सोरुम

तीनकुनेमा बिएमडब्लुको सोरुम

विश्वको चर्चित ब्रान्ड बिएमडब्लुको सोरुम काठमाडौंको तीनकुनेमा खुल्दैछ।

लक्ष्मी प्रिमियम मोटर्सले सोरुम सञ्चालनको तयारी गरेको हो। थ्रिएस अर्थात सेल्स, सर्भिस स्पेयर पार्ट्स तीनुकुनेमै उपलब्ध हुने कम्पनीले जनाएको छ।

बिएमडब्लुको सोरुम लक्ष्मी ग्रुपले सञ्चालनमा ल्याउन लागेको हो। यो ग्रुपको लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाइ गाडीको आधिकारिक विक्रेता हो। लक्ष्मी प्रिमियम मोटर्स यही ग्रुपको अर्काे कम्पनी हो।

सोरुम एक महिनाभित्र सञ्चालनको तयारी रहेको ग्रुपका एक अधिकारीले बताए।
 
 


Leave a Reply

Your email address will not be published.