३२ लाख जरिवाना ठहर भएका फरार अभियुक्त पक्राउ

३२ लाख जरिवाना ठहर भएका फरार अभियुक्त पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकिङ मुद्दामा दोषी ठहर भएका एकजना अभियुक्तलाई पक्राउ गरेको छ। 

उच्च अदालत पाटनले बैंकिङ कुसर मुद्दामा दोषी ठहर गरी  सात दिन कैद र  ३२ लाख रुपैयाँ जरिवाना फैसला सुनाए पनि फरार रहेका ललितपुरका अमर महर्जन पक्राउ परेका हुन्।

उनलाई सोमबार जिल्ला अदालत ललितपुर पेश गरिएको सिआइबीले जनाएको छ।

महर्जनले आफ्नो खातामा पर्याप्त रकम नहुँदा पनि रिता महर्जनका नाममा चेक काटेको अभियोग थियो। प्रहरीका अनुसार महर्जनले २०७४ जेठ २५ गते  यती डेभलपमेन्ट बैंक लिमिटेडमा रहेको आफ्नो खातामा चेक काटेका थिए।


Leave a Reply

Your email address will not be published.