नेप्से ३.६३ विन्दुले ओरालो लाग्दा २ अर्ब ५७ करोडको कारोबार

नेप्से ३.६३ विन्दुले ओरालो लाग्दा २ अर्ब ५७ करोडको कारोबार

धितोपत्र बजारमा सोमबार नेप्से परिसूचक ३.६३ विन्दुले ओरालो लागेको छ।

आइतबार दोहोरो अंकले बढेको नेप्से सोमबार सामान्य अंकले घटेर १ हजार ५८२.१२ मा सीमित भयो।  यसैगरी, सेन्सेटिभ परिसूचक ०.११ ले वृद्धि भई ३१२.४६ मा रहेको छ।

सोमबार कूल १ सय ९३ कम्पनीका ९५ लाख १८ हजार ७ सय ६५ कित्ता सेयर दुई अर्ब ५७ करोड ८६ लाख सात हजार ८८ रुपैयाँ बराबरमा कारोबार भए।

बजार पूँजीकरण बढेर २१ खर्ब ८ अर्बको हाराहारीमा पुगेको छ। कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको सेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ।

होटल ४.१५, विकास बैंक २४.४९, जलविद्युत् २७.३९, अन्य १.२६ र सामूहिक लगानी कोष ०.०९ बिन्दुले बढेको छ।

बैंकिङ ३.८६, व्यापार ७.१५, वित्त ४.३१, निर्जीबन बीमा ११५.१८, उत्पादन ५३.३३, लघुवित्त १०.८१ र जीवन बीमा ८१.३४ ले घटेको छ।


Leave a Reply

Your email address will not be published.