नेपाल-भारत सीमा समन्वय बैठक 

नेपाल-भारत सीमा समन्वय बैठक 

नेपाल-भारत सीमा क्षेत्रमा रहेको जिल्लास्तरीय समन्वय बैठक बाराको कलैयामा भएको छ। 

कलैया स्थित बरेवा दरबार होटेलमा भएको बैठकमा नेपालका आठ जिल्लाका प्रमुख अधिकारी, सुरक्षा निकाय तथा भारत बिहार क्षेत्रका अधिकारीहरू सहभागी भएका थिए। 

बैठकमा बिहारमा हुन लागेको चुनावका लागि सिमानाका सिल गर्ने तथा अन्तरदेशीय अपराध नियन्त्रणलगायतका विषयमा छलफल भएको बाराका प्रहरी प्रमुख कृष्ण पंगेनीले बताए। 

नेपालका तर्फबाट चितवनका प्रमुख जिल्लाअधिकारी नारायणप्रसाद भट्टराईले बैठकमा सहभागीलाई स्वागत गर्दै बैठकका अजेन्डा प्रस्तुत गरेका थिए।

‘दुई देशमा हुने सिमा अपराध, अवैध हातहतियार नियन्त्रणजस्ता विषयमा छलफल भएको छ’ बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने ‘हामीले कोरोना निणन्त्रणका प्रभावकारी उपायका बारेमा पनि अनुभवहरु आदनप्रदान गर्‌यौँ।’ 

बैठकले बिहारमा हुन गइरहेको निर्वाचनका बेला ३ दिन नाका सिल गर्ने निर्णय पनि गरेको छ। 


Leave a Reply

Your email address will not be published.