बलात्कृत किशोरी महानगर कल्याण समाज भक्तपुरको संरक्षणमा

बलात्कृत किशोरी महानगर कल्याण समाज भक्तपुरको संरक्षणमा

भक्तपुरमा बालत्कृत भएकी १७ वर्षीया किशोरी महानगर कल्याण समाज (सेवा घर) भक्तपुरको संरक्षणमा पुगेकी छिन्। परिवारको सम्पर्कमा नआएपछि उनलाई प्रहरीले सोमबार कल्याण समाजमा पठाएको जनाएको छ। 

महानगरीय प्रहरी प्रहरी बृत जगातीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकुमार थापाका अनुसार बलात्कृत किशोरीको अस्थायी घर काठमाडौंको मुलपानी हो। उनका अनुसार उनी त्यहाँ चिनजानको दिदीसँग बस्दै आएका छिन्। 

थापाका अनुसार ती किशोरीकी आमा सिन्धुपाल्चोकको लिसन्खुमा छिन भने बुवा विदेशमा रहेका छन्।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट बलात्कृत बालिका र लठ्याउने खुवाएर काठमाडौंको रत्नपार्कबाट भक्तपुरसम्म पुर्याउने दिपेश राईबीच कुनै चिनजान थिएन। दिपेश अहिले पनि फरार छन्। प्रहरीले उनको खोजी जारी राखेको छ।

किशोरी एक गार्मेन्टमा काम गर्थिन्। उनी आफन्त पर्ने दिदीसँगै गार्मेन्टमा काम गर्ने र तिनैकोमा सँगै बस्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सधै झै बलात्कृत युवती त्यो दिन पनि दिदीसँगै काम गरेर गार्मेन्टबाट पुरानो बस्पार्क पुगेकी थिइन्। बसपार्क पुग्दा उनी दिदीसँग छुट्टिन पुगिन र अलमलमा परिन्। त्यही बेला उनी दिपेशको सम्पर्कमा पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

दिपेशले ती युवतीलाई पानी खुवाएको र सूर्यविनायक जाने हो भनी सोध्दा युवतीले जान्छु भनेपछि उनले किशोरीलाई भक्तपुर ल्याएका थिए। 

त्यसपछि उनलाई लठ्ठ हुने औषधी खु्वाएर विभिन्न दुई समूहले २४ घन्टासम्म बलात्कार गरेको प्रहरीले जनाएको छ। उनी शुक्रबार रातभर र शनिबार दिनभर बलात्कृत भएकी थिइन्। बलात्कार गर्नेहरूमध्ये दुईजनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने एकजना अझै फरार छन्।


Leave a Reply

Your email address will not be published.