अस्पतालमा भर्ना भएका ट्रम्पको ‘हर्कत’, उनका सहयोगीहरूलाई झनै ‘खतरा’

अस्पतालमा भर्ना भएका ट्रम्पको ‘हर्कत’, उनका सहयोगीहरूलाई झनै ‘खतरा’

कोरोना भाइरस संक्रमित भएपछि मध्यरातमा हेलिकोप्टर चढेर ‘सैनिक अस्पताल’ पुगेका डोनाल्ड ट्रम्प अर्काेदिन ‘सुईट’ रुममा बसेर काम गरिरहेका देखिए। 

राष्ट्रपति कार्यालयको काम अस्पतालबाटै गरेको भन्दै सार्वजनिक भएका उनका तस्विरहरूमाथि अनेकथरि टिप्पणी भइरहेका छन्। 

कतिले उनले खालि कागजमा ‘सिग्नेचर’ गरेर काम गरेको जस्तो देखाएको भनी आलोचना गरेका छन्। कतिले उनलाई ‘आफ्नै स्वास्थ्यप्रति संवेदनशील नभएको’ भनी टिप्पणी गरेका छन्। 

यी उनै अमेरिकी राष्ट्रपति हुन्, जसले कोरोना भाइरसलाई ‘केही होइन’ भन्दै रहे। भाइरसप्रतिको उनको ‘हठ’ यतिसम्म भयो कि, उनले त्यसलाई निकै हल्कारुपमा टिप्पणी गरे। यहाँसम्म कि, मास्क लगाउन पर्दैन भन्दै हिँडे। 

तर, उनले पछि आफैले मास्क लगाउन थाले। र, अन्ततः पत्नीसहित उनी आफै संक्रमित भए। 

उनको स्वास्थ्यको बारेमा अहिले ‘ह्वाइट हाउस’ कुनै गम्भिर कुरा बाहिर ल्याएको छैन। 

तर, उपचारकै क्रममा रहेका बेला उनी फेरि गाढी चढेर अस्पतालबाट बाहिरिए। 

वाल्टर रीड राष्ट्रिय सैनिक अस्पतालबाट गाडीभित्रै हात हल्लाउँदै उनी निस्किएको दृश्य अहिले भाइरल भइरहेको छ। 

र, चिकित्सकहरुले भने उनी ‘आफू र आफ्ना कर्मचारीको स्वास्थ्यप्रति संवेदनशील नरहेको’ टिप्पणी गरेका छन्। 

‘उनको यस्तो हर्कतले धेरै प्रश्नहरू खडा गरिदिएको छ’ सिएनएनले लेखेको छ ‘उनका यस्ता हर्कतले उनलाई मृत्युको मुखमा धकेल्नसक्छ। आफ्ना कर्मचारीहरूप्रति पनि उनी संवेदनशील छैनन्।’ 

ट्रम्पको स्वास्थ्य ख्याल गरिरहेका फिजिसियन डा. जेम्स फिलिप्सका अनुसार उनको अस्सिजन लेभल २ प्वाइन्ट झरेको छ। 

‘राष्ट्रपति ट्रम्पसँगै गाडी रहने चालक र उनका अरु कर्मचारीहरूलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिनुपर्छ’ डा. फिलिप्सले ट्वीट गर्दै भनेका छन् ‘राजनीति मञ्चनका लागि ट्रम्पको पागलपनले उनीहरु सबैको जीवन जोखिम परेको छ। उनीहरूको ज्यानै पनि जानसक्छ।’ 

ट्रम्प चढ्ने गाडी ‘बुलेटफ्रुप’ मात्रै होइन, रसायनिक आक्रमणबाट बच्नका लागि पनि यो गाडीलाई सुरक्षित गरिएको छ। 

‘तर, गाडीभित्रै संक्रमण सर्ने जोखिम त रोकिँदैन। केही स्वास्थ्य प्रोटोकलहरू हुन्छन्। ट्रम्पले ती पालना गरेका छैनन्’ उनले लेखेका छन् ‘मलाई उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीको चिन्ता लागिरेहको छ।’


Leave a Reply

Your email address will not be published.