बैंगलोरलाई हराएर दिल्ली शीर्ष स्थानमा
दिल्ली क्यापिटल्स आइपिएल–१३ मा पुनः एकपटक शिखरमा पुगेको छ।
सोमबार राति सम्पन्न खेलमा बैंगलोरलाई ५९ रनको ठूलो अन्तरले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा पुग्न सफल भएको हो। बैंगलोर पराजित भएसँगै प्वाइन्ट टेबलमा दिल्ली सबैभन्दा माथि उक्लिएको छ।
खेलमा दिल्लीले जितको लागि बैंगलोरलाई १९७ रनको लक्ष्य दिएको थियो। जबाफमा बैंगलोरले ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।
दिल्लीको तर्फबाट बैटिङ गरेका पृथ्वी शौले ४२, शीखर धवन ३२, कप्तान श्रयेष अैय्यर ११, रिषभ पन्त ३७ र मार्कस स्टोनिसले ५३ रनको योगदान दिएका थिए।
बैंगलोरको तर्फबाट कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए।
दिल्लीको तर्फबाट बलिङ गर्दै कागिसो रबाडाले कोहलीसहित चार विकेट लिए। चार ओभरमा १८ रन दिएर दुई विकेट लिन सफल भएका अक्षर पटेललाई म्यान अफ द म्याच घोषणा गरिएको थियो।