उपचार छाेडेर ट्रम्प ह्वाइट हाउस फर्के, भने– चाँडै चुनावी कार्यक्रममा हुनेछु

उपचार छाेडेर ट्रम्प ह्वाइट हाउस फर्के, भने– चाँडै चुनावी कार्यक्रममा हुनेछु

चुनावी कार्यक्रममा सामेल हुन निकै हतारिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट बाहिरिएका छन्। 

कोरोना संक्रमित भएपछि ट्रम्प वाल्टर रीड सैनिक अस्पतालमा भर्ना भएका थिए। त्यहाँ उनले तीन रात बिताएर सोमबार साँझ ह्वाइट हाउस फर्किएका हुन्। 

डाक्टरहरूले स्वास्थ्य अवस्थामा पूर्णतः सुधान आइनसकेको र, जोखिम कायमै रहेको भनिरहे पनि ट्रम्प जिद्दी गरेर अस्पतालबाट बाहिरिएका हुन्। 

सोमबार दिउँसो नै उनी आफ्ना समर्थकहरूलाई अभिवादन गर्न भन्दै अस्पतालबाट बाहिर निस्केर गाडीबाट हात हल्लाइरहेका थिए। 

सोमबार साँझ नै ह्वाइट हाउस फर्केपछि ट्रम्पले ट्वीट गर्दै भनेका छन् ‘चाँडै नै म चुनावी कार्यक्रममा सामेल हुनेछु। फेक न्यूजहरुले ‘फेक पोल’हरू देखाइरहेका छन्।  

अमेरिकामा अब राष्ट्रपतिको निर्वाचन नजिकिएको छ। कोरोना नियन्त्रणमा गम्भिर नभएको आरोप खेपिरहेका ट्रम्पले आगामी निर्वाचनमा पराजय बेहोर्नुपर्ने आंकलनहरु भइरहँदा उनमा संक्रमण पुष्टि भयो। 

तर, चुनावकै लागि उनी आफ्नो स्वास्थ्यप्रति संवेदनशील नहुँदा उनका सहयोगीहरूलाई समेत त्यसको जोखिम बढेको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन्। 

अब उनको उपचार ह्वाइट हाउसमै हुनेछ। उनलाई विश्वस्तरीय स्वास्थ्य सेवा दिनको लागि ह्वाइट हाउसमै तयारी भइसकेको छ। 
उनका फिजिसियन डाक्टर सेन कोन्लेले ट्रम्पको स्वास्थ्यमा अझै पूर्ण सुधार नभएको तर, उनले ह्वाइट हाउसमै आराम गरेर उपचार लिनसक्ने बताएका छन्। 


Leave a Reply

Your email address will not be published.