नेपाल बैंक सञ्चालक समितिमा सरकारी प्रतिनिधित्व खुम्चियाे

नेपाल बैंक सञ्चालक समितिमा सरकारी प्रतिनिधित्व खुम्चियाे

नेपाल बैंक लिमिटेड सञ्चालक समितिमा सरकारबाट मनाेनित हुने सञ्चालक संख्या घटाइएकाे छ।

बैंककाे साेमबार बसेकाे विशेष साधारणासभाले सञ्चालक प्रतिनिधित्वसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरी सरकारबाट मनोनित हुने चारजना सञ्चालकबाट घटाई तीन कायम गर्ने प्रस्ताव पारित गरेकाे हाे।

साथै, सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित हुने दुईजना सञ्चालकबाट वृद्धि गरी तीन कायम गर्न नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने संशाेधन प्रस्तावित पारित गरिएको छ।

बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन-थपघट गर्ने प्रस्ताव पनि पारित गरेकाे छ।

बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ।


Leave a Reply

Your email address will not be published.