‘हरेक १० जनामा एकलाई कोरोना संक्रमण हुनसक्छ’

‘हरेक १० जनामा एकलाई कोरोना संक्रमण हुनसक्छ’

विश्व स्वास्थ्य संगठनले हरेक १० व्यक्तिमध्ये एक जनामा कोरोना भाइरसको संक्रमण हुनसक्ने बताएको छ।

संगठनका उच्च अधिकारीहरुको एक बैठकमा संगठनले विश्वमा हरेक १० जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण हुनसक्ने बताएको हो।

एक वरिष्ठ अधिकारीका अनुसार यस अनुमानको मतलब हो कि ‘विश्वको कुल जनसंख्यामध्ये एक ठूलो हिस्सा खतरामा छ।’ हालसम्म विश्वका डेढसयभन्दा बढी देशका साढे तीन करोड मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।

यद्दपि डब्लुएचओका अनुसार संक्रमणको एकिन तथ्यांक ८० करोडको नजिक हुनसक्छ। हालसम्म तथ्यांकमा देखिएको भन्दा कैयौं धेरै मानिसमा संक्रमण हुनसक्ने विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरु बताउँदै आएका छन्।

स्वीट्जरल्याण्डको जेनेभास्थित मुख्यालयमा भएको डब्लुएचओको बैठकमा विश्वभरका देशमा कोरोना महामारीसँग जुध्ने तरिकाबारे चर्चा भएको थियो।

डब्लुएचओका हेल्थ इमरजेन्सी कार्यक्रमका कार्यकारी निर्देशक माइक रयानले विश्वभरका १० प्रतिशत मानिसहरु कोरोना भाइरसको प्रभावमा आइसकेको बताए।

‘यो संख्या अलग–अलग, देशका शहर र गाउँका अलग–अलग समूहमा गरिएको परीक्षणमाथि गरिएको आधारमा अलग–अलग छ,’ उनले भने, ‘तर, यसको मतलव यो हो कि विश्वको एक ठूलो हिस्सा खतरामा छ।’

उनले अहिलेको अवस्थामा संक्रमण फैलिनबाट रोक्ने र मानिसेको जीन्दगी बचाउने उपाय रहेको पनि बताए। उनले अघि भने, ‘हामीलाई थाहा छ कि हामीसँग यस समय संक्रमण फैलिनबाट रोक्ने र जीन्दगी बचाउने उपाय छ।’

विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधानोम गेब्रेएसियसले विश्वभर विभिन्न देशमा फरक–फरक तरिकाले कोरोना भाइरस फैलिरहेको बताए।

उनले भने, ‘विश्वभरका अलग–अलग देशमा भाइरसले फरक–फरक तरिकाबाट असर पारिरहेको छ। यो महामारीसँग जुध्नका लागि सबै एकसाथ आउन आवश्यक छ।’

यस्तै सबै देश भाइरसबाट प्रभावित भइरहेको अवस्थामा कहीँ कम र कहीँ बढी प्रभाव देखिएको बताए।

उनले भने, ‘सबै देश यो भाइरसबाट प्रभावित बनेका छन्, हामीलाई यो याद गर्न जरुरी छ कि महामारीले कहीँ कम त कही बढी असर देखाइरहेको छ। ७० प्रतिशत संक्रमण र मृत्यु १० देशमा भएको छ। यसको पनि आधाभन्दा बढी तीन देशमै देखिएको छ।’

जोन्स हपकिन्स यूनिभर्सिटीका अनुसार कोरोना भाइरसको संक्रमणबाट हालसम्म १० लाखभन्दा बढीको ज्यान गइसकेको छ। अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा बढी संक्रमण देखिएको छ। एजेन्सीकाे सहयाेगमा


Leave a Reply

Your email address will not be published.