८ सयले बढ्यो सुनको भाउ

८ सयले बढ्यो सुनको भाउ

नेपाली बजारमा मंगलबार बहुमूल्य पहेँलो धातु सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ। सोमबार र आइतबार छापावाल सुनकाे भाउ क्रमशः ९४ हजार १ सय र ९४ हजार ५ सय रुपैयाँ थियो।

मंगलबार तेजावी सुनको भाउ तोलाको ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ। तेजावी सुन सोमबार र आइतबार क्रमशः ९३ हजार ६ सय र ९४ हजार रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी, मंगलबार चाँदीको भाउ २० रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदीको भाउ तोलाको १ हजार २ सय रुपैयाँ कायम भएको छ। सोमबार र आइतबार चाँदीको भाउ १ हजार १ सय ८० रुपैयाँ थियो।


Leave a Reply

Your email address will not be published.