डा. ओम दाहालको पहलमा जाजरकोटका चार विद्यालयमा कम्प्युटर ल्याब  

डा. ओम दाहालको पहलमा जाजरकोटका चार विद्यालयमा कम्प्युटर ल्याब  

जाजरकोटका चारवटा माध्यमिक विद्यालयमा  कम्प्युटर ल्याव स्थापना गरिएको छ।

जिल्लाका शिवशंकर मावि जगतिपुर, दिपेन्द्र मावि भुर, भगवति मावि कुदु र शंकरभवन मावि बाहुनथानामा प्रोजेक्टर, प्रिन्टर र कम्प्युटरसहितको ल्याव स्थापना गरिएको हो।

तेह्रथुमको जलजलेमा जन्मेर हाल अमेरिकामा बस्दै आएका सामाजिक अभियान्ता डा. ओम दाहालको पहलमा ती विद्यालयमा कम्प्युटर ल्यावको स्थापना गरिएको हो।

प्रत्येक विद्यालयमा एक थान प्रोजेक्टर, एक थान प्रिन्टरसहित बाहुनथानामा १५ तथा जगतिपुर, भुर र कुदुमा २० वटाका दरले कम्प्युटर हस्तान्तरण गरिएको छ।

डा. दाहालले विगत चार वर्षदेखि अमेरिकामा म्याराथुन दौडको माध्यमबाट  सहकार्य गरी फन्ड संकलन गरेर, सोही फन्ड मार्फत नेपालमा  शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गदै आएका  छन्।

कम्युटर ल्याब प्रोजेक्ट १५ लाख ५० हजारको लागतमा सम्पन्न भएको जानकारी दिइएको छ। यसका लागि  दाहालले २ सय ७८ सहयोगी हातबाट १४ लाख ७६ हजार २ सय संकलन गरेका थिए।  

विद्यालय छनोट र स्थानीय व्यवस्थापननमा जाजरकोटका  निरज आचार्यले सहकार्य गरेका थिए।


Leave a Reply

Your email address will not be published.