सरकारले डा. केसीको अनशन रोक्न शिक्षासचिवसहितको टोली पठायो

सरकारले डा. केसीको अनशन रोक्न शिक्षासचिवसहितको टोली पठायो

डाक्टर गोविन्द केसीलाई भेट्न अनशनमा बसेको २३औं दिनमा बल्ल मंगलबार सचिवसहित तीनजनाको टोली पठाइएको छ।

सचिवसहित भेट्न गएका उनीहरूले डा. केसीलाई सत्याग्रह रोक्न आग्रह गर्नेबाहेक अरु सरकारका तर्फबाट छलफलका लागि के कस्तो तयारी भइरहेको छ भन्नेबारे जानकारी गराएनन्।

केसीलाई भेट्न शिक्षा सचिवसहितको टोली अनशनस्थल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेको थियो। उनीहरूले सरकारका तर्फबाट औपचारिक वार्ताका लागि कुनै समिति नबनेको जानकारी दिए।

डा. केसीले यस अगाडि नै सरकारका प्रवक्ताले त्यही कुरा भनेकाले त्यसका लागि दुःख पाउन नपर्ने थियो भन्ने जवाफ दिएका थिए।

साथै डा. केसीले मागहरूमा छलफल गर्ने हो भने सरकारले आधिकारिक रूपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडान राखेर भेट्न आएको सचिवसहितको टोलीलाई फिर्ता पठाइदिएका छन्।

बोल्नसम्म नसक्ने अवस्थामा पुगेका डा. केसीबारे सरकारले खाली बाहिरबाट चुनौती दिने तथा औपचारिक वार्ताका लागि कुनै पहल नथाल्ने गरिनुले सरकारमा संवेदनशीता नै नभएको प्रष्ट भएको डा. केसीका सहयोगीले बताएका छन्।


Leave a Reply

Your email address will not be published.