त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण

त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण भएको  छ।

उनीमाथि मंगलबार त्रिवि परिसरभित्र आक्रमण भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

राठौरका अनुसार भाटा प्रहारबाट उनको टाउकोमा चोट लागेको छ। चलाउनेलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको छ।

चलाउने समाजशास्त्रका उपप्राध्यापक हुन्। राठौरले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।


Leave a Reply

Your email address will not be published.