देशभर १५५१ संक्रमित थपिए, २३४० ले जिते कोरोना
पछिल्लो २४ घन्टामा देशभर १५ सय ५१ कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा एक हजार १७ संक्रमित थपिएका छन्।
थपिएका मध्ये काठमाडौंमा ७ सय ८३, भक्तपुरमा १ सय १६ र ललितपुरमा १ सय १७ जना रहेका छन्।
यस्तै पछिल्लो २४ घन्टमा दुई हजार तीन सय ४० जनाले कोरोना जितेका छन्। योसँगै कोरोना मुक्त हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ।