नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६३ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६३ पुग्यो

नेपालमा थप ९ कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएकासँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ।

पछिल्लो २४ घन्टामा मृत्यु हुनेमा तेहथुम र सुनसरीका एक/एक जना रहेका छन्। काठमाडौंमा दुईजना, ललितपुरका तीनजना, चितवनका एकजना र नवलपरासीपूर्वमा एकजनाको ज्यान गएको छ। 

ज्यान गुमाउने चारजना महिला र पाँचजना पुरुष रहेका छन्। यो कूल संक्रमित मध्य मृत्यु हुने ०.६२ प्रतिशत हो।


Leave a Reply

Your email address will not be published.