खतिवडाको निर्णय उल्टियो, सुरुङमा प्रयोग हुने पातामा भ्याट नलाग्ने   

खतिवडाको निर्णय उल्टियो, सुरुङमा प्रयोग हुने पातामा भ्याट नलाग्ने   

सरकारले जलविद्युत आयोजनाका सुरुङ तथा पेनस्टक पाइपमा प्रयोग हुने फलाम तथा स्टिल पातामा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाएको छ।

मन्त्रिपरिषद्को हालैको बैठकले यस्तो निर्णय गरेको हो।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटमार्फत स्टिल पातामा १३ प्रतिशत भ्याट लगाएका थिए। यसैगरी, एक प्रतिशत रहेको भन्सार शुल्कलाई चार प्रतिशतले बढाएर पाँच प्रशितत बनाएको थियो।

सरकारले पछिल्लो पटक विद्युतीय सवारीमा बढेको करसमेत घटाइसकेको छ।


Leave a Reply

Your email address will not be published.