दसैंमा तलेजुभित्र बली नदिइने, विधिपूर्वक सामान्य पुजा मात्रै गरिने

दसैंमा तलेजुभित्र बली नदिइने, विधिपूर्वक सामान्य पुजा मात्रै गरिने

भक्तपुरको तलेजुभित्र यस वर्षको दसैंमा बली नदिने निर्णय गरिएको छ। समितिको मंगलबार बसेको बैठकले दसैंमा तलेजुभित्र बली नदिइने र विधिपूर्वक सामान्य पुजा गर्ने निर्णय गरेको हो।

गुठी संस्थानले तलेजु पुजाको लागि दसैं अवधिमा ६० वटा बोका, ३१ वटा राँगा, ३० वटा हाँस बलि दिने गर्थ्यो। तर, यस पटक कोरोनाको विषम परिस्थितिका कारण बलि नदिइने भएको हो।

बैठकले घटस्थापनाको दिनदेखि विजया दशमीको दिनसम्म नगरका विभिन्न शक्ति पीठहरूमा हुने मेला, पुजा र नवरातको समयमा बाजा लिई वा नलिई कुनै किसिमले भीड हुने गरी मन्दिरहरूमा नजान सर्वसाधारणमा आग्रह गरेको छ।

बैठकले दसैं अवधिभर तलेजु परिसरमा पुजासँग सम्बन्धितबाहेक अन्य नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय निर्णय गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए। गुठी संस्थानले तलेजु पुजाको लागि दसैं अवधिमा ६० वटा बोका, ३१ वटा राँगा, ३० वटा हाँस बलि दिने प्रचलनलाई यस वर्ष नइदिने निर्णय भएको नगरप्रमुख प्रजापतिले जानकारी दिए।

बैठकमा नगर प्रमुख प्रजापतिले कोरोना संक्रमणको जोखिमका कारण भक्तपुरमा मनाइने सम्पूर्ण जात्रा र पर्वहरूलाई औपचारिकतामा सिमित गरी मनाइने निर्णय भएको उनले बताए। 

नगरपालिकाले व्यक्तिगत हितभन्दा सामूहिक हितलाई ध्यानमा राखी जात्रासँग सम्बन्धित सरोकारवालाहरूको राय–सुझाव लिएर मात्र आवश्यक निर्णय गरिरहेको छ। 

बैठकमा भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्य, महानगरी प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक केशवकुमार थेवे, भक्तपुर नपा वडा नम्बवर ७ का वडाध्यक्ष, भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवाल, तलेजुमा हुने जात्रासँग सम्बन्धित सरोकारवाला सिद्धिवीर कर्माचार्य, प्रज्ञेशराज राजोपाध्याय, पदम कर्माचार्य र महेश कर्माचार्यले कोरोनाको विषम् परिस्थितिमा यस वर्षको दसैंलाई सामान्य औपचारिकतामा सिमित गरी सुरक्षित रुपमा चाडपर्व मनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।


Leave a Reply

Your email address will not be published.