हास्य कलाकार हरिवंश आचार्य दम्पतीमा कोरोना संक्रमण

हास्य कलाकार हरिवंश आचार्य दम्पतीमा कोरोना संक्रमण

बरिष्ठ हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यमा कोरोना संक्रमण पुष्टि भएको छ।

आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूहरू कोरोना संक्रमित भएको जनाएका छन्।

'सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं। हामी दुवैजनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो। हाम्रो स्वास्थ्य अवस्था सामान्य छ। हामीसँग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरूले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला', उनले लेखेका छन्।

उनले अगाडि लेखेका छन्, 'यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं।| कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरू सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं।'

 


Leave a Reply

Your email address will not be published.