‘साइबर क्राइम’ आरोपमा एक पक्राउ
सामाजिक सन्जाल तथा अनलाइन सन्चारमाध्यमबाट ‘ब्ल्याकमेल’ गर्ने र ‘चरित्रहत्या’ गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
कर्णाली आवाजडटकम, कर्णाली एचडी फेसबुक पेज तथा युट्यूव च्यानलमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गरेको भन्दै प्रहरीले जुम्ला कनकासुन्दरी गाउँपालिका–७ का पसल रोकायालाई पक्राउ गरेको हो।
रोकायलाई महानगरीय प्रहरी परिसरको टोलीले मंगलबार पक्राउ गरेको हो।
रोकायले फेसबुक पेज र फेक अकाउन्टबाट विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने, सिटिइभिटी र ‘लोकसेवाको परीक्षामा उत्तीर्ण गराइदिन्छु’ भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।