नेत्ररोग विशेषज्ञ सुवेदीलाई ‘आई हेल्थ अवार्ड–२०२०’ प्रदान
कर्णालीका नेत्ररोग विशेषज्ञ डा. शक्तिप्रसाद सुवेदीलाई ‘आई हेल्थ अवार्ड–२०२०’ प्रदान गरिएको छ। लामो समयदेखि आँखा उपचारको क्षेत्रमा काम गर्दै आएको विश्वको मुख्य संस्था इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ व्लाइन्डनेस ब्रिटेनले सुवेदीलाई यो अवार्ड प्रदान गरेको हो।
कर्णालीका गरिब, विपन्न तथा असहायको आँखाको स्वास्थ्य उपचारमा दिएको योगदानको प्रशंसा गर्दै नेत्ररोग विशेषज्ञ डा. सुवेदीलाई आई हेल्ट हिरो अवार्डबाट सम्मान गरेको हो।
ईन्टर नेसनल एजेन्सी फर प्रिभेन्सन अफ व्लाइन्डनेस ब्रिटेनले उनलाई फ्युच्र लिडर विद्यामा सोमबार एक भर्चुअल कार्यक्रमकाबीच आई हेल्थ हिरो अवार्डले सम्मान गरेको छ।
नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालका मेडिकल डाईरेक्टर डा.सुवेदी विगत तीन वर्षदेखि कर्णालीका विभिन्न जिल्लामा दृष्टिविहिनता घटाउने अभियानमा सक्रिय छन्।
उनले ‘आई हेल्थ हिरो अवार्ड’ प्राप्त गरेसँगै कर्णालीमा आँखा स्वास्थ्यका क्षेत्रमा काम गर्न थप ऊर्जा मिलेको बताएका छन्। उनले सेवा सुरु गरेपछि नै कर्णालीका आँखासम्बन्धी समस्या भएका बिरामीले सुर्खेतमै सेवा पाउँदै आएका छन्। यसअघि समान्य उपचारका लागि पनि नेपालगन्ज पुग्नुपर्ने बाध्यता थियो।