राजस्थानलाई पराजित गर्दै मुम्बई शीर्ष स्थानमा

राजस्थानलाई पराजित गर्दै मुम्बई शीर्ष स्थानमा

डिफेंडिंग च्याम्पियन मुंबई इंडियन्सले आइपिएल–१९ मा आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम राखेको छ।

मुंबईले मंगलबार राति आबुधाबिमा सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको छ। पछिल्लो जितसँगै प्वान्ट टेबलमा मुंबई पुनः शीर्ष स्थानमा पुगेको छ।

मुंबईले पहिले ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाएर १९३ रन बनाएको थियो। १९४ रनको लक्ष्य लिएर ब्याटिङ गर्न मैदानमा उतरेको राजस्थान टीम १८.१ ओभरमा १३६ रनमात्र बनाउन सक्यो।

मुंबईको तर्फबाट ब्याटिङ गरेका सूर्य कुमार यादवले अविभिज ७९ रन बनाएर जीतको आधार तय गरेका थिए। यसैगरी ट्रेंट बोल्ट र जसप्रित बुमराहको अगुवाइमा बलरहरुले उत्कृष्ट प्रदर्शन गरे।

बुमराहले २० रन दिएर चार र बोल्टले २६ रन दिएर दुई विकेट हातपारे। आक्रमक ब्याटिङ गरेर मुंबईलाई जीतको लक्ष्य दिलाउन सफल भएका सुर्यकुमारलाई म्यान अफ द म्याच घोषणा गरियो।

आइपिएलअन्तर्गत आज कोलकत्ता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुने छ। प्रतियोगिताको २१औं म्याच हुनेछ।


Leave a Reply

Your email address will not be published.