खुलेको एक दिनमै बन्द भयो तातोपानी नाका  

खुलेको एक दिनमै बन्द भयो तातोपानी नाका  
तातोपानी नाका।

सोमबारदेखि खुलेको तातोपानी नाका सात कामदारमा कोरोना देखिएपछि फेरि बन्द भएको  छ।

बाढी तथा पहिराको कारण करीब तीन महिना बन्द भएको तातोपानी नाका खुलेको एक दिनमै मंगलबार पुनःबन्द भएको हो।

भन्सार सामग्री लोड अनलोड गर्ने मजदूरमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि चीनले नाका बन्द गरेको हो।
चीनतर्फ सामग्री लोड अनलोड गर्न गएका ३३ मजदूरको स्वास्थ्य परीक्षण गर्दै स्वाब संकलन गरिएकामा सात जनामा संक्रमण देखिएपछि चीनले एकतर्फी रुपमा बन्द गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।

 नेपालमा परीक्षण गर्दा ती मजदूरको कोरोना रिपोर्ट नेगेटिभ आए पनि  चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएकाले अर्को सोमबारसम्मका लागि आयातनिर्यात बन्द गरिएको हो। सबै चालक र मजदूरको पाँच-पाँच दिनमा परीक्षण गर्ने क्रममा कोरोना भाइरस देखिएका चार जनालाई सदरमुकाम चौतारास्थित आइसोलशनमा राखेर उपचार गरिँदैछ।

ती चार जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ नसकिँदै पुनः तीन जनामा कोरोना पोजिटिभ देखिएपछि सीमा नाका बन्द गरिएको हो।
 


Leave a Reply

Your email address will not be published.