आज सुनचाँदीको भाउ कति?
नेपाली बजारमा बुधबार बहुमूल्य पहेँलो धातु सुनको भाउ ८ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ९ सय रुपैयाँ थियो।
बुधबार तेजावी सुनको भाउ ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ। मंगलबार तेजावी सुनको भाउ ९४ हजार ४ सय रुपैयाँ थियो।
महासंघका अनुसार बुधबार २५ रुपैयाँले घटेको छ। चाँदीको भाउ मंगलबार तोलाको १ हजार २ सय रुपैयाँ रहेकामा बुधबार १ हजार १ सय ७५ रुपैयाँमा सीमित भएको छ।