चावहिलको आकाशे पुल सञ्चालनमा, मेयर शाक्यले गरे उद्घाटन

चावहिलको आकाशे पुल सञ्चालनमा, मेयर शाक्यले गरे उद्घाटन

चावहिलमा निर्माण गरिएको आकाशे पुलको उद्घाटन गरिएको छ। 

काठमार्डाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नवनिर्मित आकाशे पुलको बुधबार उद्घाटन गरेका हुन्।

फलामबाट बनेको चावहिलको पुलको लागत ८२ लाख ६६ हजार ७ सय ८३ रुपैयाँ रहेको महानरले जनाएको छ। पुल कान्छामान निर्माण सेवाले निर्माण गरेको हो।

आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ। 

योसँगै वडा ८ को जयबागेश्वरीमा पनि आकाशे पुल निर्माण भइरहेको महानगरले जानकारी दिएको छ।

महानगरका मेयर शाक्यकाअनुसार मित्रपार्कबाट पशुपति जाने क्षेत्रका स्थानीयले पनि यस्तै पुल निर्माण गराउन माग गरेका छन्।


Leave a Reply

Your email address will not be published.