परीक्षा सञ्चालनको बाटो खुल्यो, सरकारले दियो सैद्धान्तिक सहमति

परीक्षा सञ्चालनको बाटो खुल्यो, सरकारले दियो सैद्धान्तिक सहमति

कोभिड-१९ का कारण रोकिएका सबै तहका परीक्षा सञ्चालनको बाटो खुलेको छ।

कक्षा ११ र १२ तथा विश्वविद्यालय तहका परीक्षा कोभिड—१९ का कारण हुन नसकेकोमा असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले परीक्षा सञ्चालनका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो।

बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन हुने बताए।

ज्ञवालीका अनुसार तीनवटै तहका सरकारद्वारा जारी गरिएका जनस्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्नेगरी परीक्षा सम्बन्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद, विद्यालय तथा शिक्षण संस्थालाई सबै तह विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिन निर्णय भएको हो।


Leave a Reply

Your email address will not be published.