डा. केसीको पक्षमा धरानका चिकित्सकको प्रदर्शन

डा. केसीको पक्षमा धरानका चिकित्सकको प्रदर्शन

अनसनरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाका लागि धरानका चिकित्सकहरुले एकतावद्ध भएका छन्। 

आज प्रतिष्ठान अघि धर्ना दिँदै चिकित्सकहरुले डा. केसीको मागको सुनुवाइ गर्न सरकारलाई दबाब दिएका छन् भने उनीहरुले केसीको मागप्रति ऐकेबद्धता समेत जनाएका छन्। 

चिकित्सा क्षेत्रमा व्यापाक सुधारको माग गर्दै पटक पटक अनसनमा बसेका डाक्टर केसीसँग सरकारले लिखित सम्झौता गरेको थियो। 

उक्त सम्झौता कार्यान्वयन नभएपछि डाक्टर केसी पुनः १९ औं आमरण अनसनमा छन्।

अनसन बसेको तीन साता बितिसक्दा पनि सरकारले औपचारिकरुपमा वार्ता टोली गठन नगर्दा तथा माग पुरा गर्नेतर्फ पहल नगर्दा डा.केसीको ज्यान जोखिममा छ।

बढुवालगायत विभिन्न माग राखेर आन्दोलनरत वीपी प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले डा.केसीको जीवन रक्षाको पनि माग गरेर आन्दोलन जारी राखेका छन्। 

उनीहरुले उपकुलपतिको कार्यालयअघि निरन्तर प्रर्दशन गर्दै आएका छन्। 

विपी प्रतिष्ठानका चिकिस्तक डा. मधुर बस्नेतले डा. केसीले उठाएका माग सम्बोधन गर्न तुरन्त वार्ता टोली गठन आग्रह गरेका छन्। साथै उनले सँवादमार्फत केसीका माग सम्बोधन गर्न र उनको जीवन रक्षा गर्न आग्रह गरेका छन्। 


Leave a Reply

Your email address will not be published.