केसीको जीवन रक्षार्थ वीरगन्जमा स्थानीयको प्रदर्शन
अनसनरत डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दै वीरगन्जका स्थानीयले प्रदर्शन गरेका छन्।
वीरगन्जको घण्टाघरमा भएको उक्त प्रदर्शनमा चिकित्सक, अधिकारकर्मी, विभिन्न संघ–संस्था र राजनीतिक दलका प्रतिनिधि सहभागी भएका थिए।
प्रदर्शनमा सहभागीले डाक्टर केसीले उठाएका सम्पूर्ण मागलाई राज्यले छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्नेमा जोड दिए।
उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी समेत गरेका थिए।
प्रदर्शनमा सहभागीहरुले डाक्टर केसीले उठाएका सम्पूर्ण मुद्दाहरुलाई राज्यले छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने माग राखेका थिए । उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी समेत गरेका थिए ।