कालीमाटी बजारको अध्यक्षमा कार्की, कार्यकारी निर्देशकमा भट्टराई
सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा अध्यक्षको जिम्मेवारी सहसचिव योगेन्द्रकुमार कार्कीलाई दिएको छ। उनी कृषि मन्त्रालयका सहसचिव हुन्।
असोज १९ गतेको मन्त्रिपरिषद् बैठकले कालीमाटीको कार्यकारी निर्देशकमा वरिष्ठ कृषि अर्थविज्ञ विनोदकुमार भट्टराई नियुक्त गरेको छ।