जिसस झापाका सभापति पोर्तेललाई कोरोना

जिसस झापाका सभापति पोर्तेललाई कोरोना

जिल्ला समन्वय समिति झापाका सभापति सोमनाथ पोर्तेललाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पताल भद्रपुरमा गरिएको स्वाब परीक्षणमा उनको बुधबार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो।

सार्वजनिक कार्यक्रम नियमित सहभागी बन्ने र बन्नु पर्ने भएकाले पोर्तेलले कोरोना परीक्षण गराएका थिए। उनलाई लक्षण भने नदेखिएको जनाइएको छ। उनको स्वास्थ्यमा कुनै समस्या छैन।

पोर्तेलले सामाजिक सञ्जाल फेसबुकवालमा  लेखेका छन्, 'मलाई कोरोना कोरोना पोजेटिभ देखिएको छ । मसँग सम्पर्कमा आउने साथीहरूले सावधानी अपनाउनु होला।'


Leave a Reply

Your email address will not be published.