यी अवैतनिक वाणिज्यदूतको कार्यकाल थपियो, महावाणिज्यदूत पनि नियुक्त

यी अवैतनिक वाणिज्यदूतको कार्यकाल थपियो, महावाणिज्यदूत पनि नियुक्त

सरकारले विभिन्न अवैतानिक वाणिज्यदूतहरूको पदावधि थप गरेको छ।

असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली अनुसार उनीहरूको पदावधि थप गर्ने निर्णय गरेको हो।

सरकारले इरानको तेहरानमा कार्यरत अवैतनिक महावाणिज्यदूत शाहरम शान्तियाइ तथा अवैतनिक वाणिज्यदूतहरू मलेसियाको सेलंगारमा कार्यरत तेयो स्वी लेङ,इन्डोनेसियाको जाकार्तामा कार्यरत बल्ली सपुत्र जनो, इजराइलको हाइफामा कार्यरत निमरड बर्गर र इजराइलको वीरसेभामा कार्यरत इयान नीरको पदावधि चार वर्ष थपेको हो।

त्यस्तै, अमेरिकाको मेरिल्यान्डमा कार्यरत अवैतनिक  महावाणिज्यदूत  प्रेमराजा महत, अमेसरिकाको ओहियोमा कार्यरत विलियन सी क्यासेलको पदावधि पनि चार वर्ष लम्ब्याइएको छ। 

सरकारले अवैतनिक वाणिज्यदूतहरू अमेरिकाको इलिनोइसमा कार्यरत मरभिन ए ब्रस्टिन, अमेरिकाको हवाइमा कार्यरत मेरी सी क्यारोल र अमेरिकाको सियाटलमा कार्यरत एसि शेर्पाको पदावधि चार वर्ष थपेको हो।

सरकारले बेल्जियमको फ्ल्यान्डर्समा इन्ग्रिड सेस्टर्स ल्युटेनलाई नयाँ  अवैतनिक वाणिज्यदूत नियुक्त गरेको छ, भने ग्रिसको एथेन्समा कार्यरत अवैतनिक वाणिज्यदूत इम्मानाइल काराभेलाकिसको पदावधि चार वर्ष थप्दै अवैतनिक महावाणज्यदूतमा पदोन्नति गरिएको छ।

लेबनानको बेरुतमा कार्यरत अवैतनिक वाणिज्यदूत एल शेख मोहमदलाई पनि अवैतनिक महावाणिज्यदूतमा पदोन्नति गरिएको छ।


Leave a Reply

Your email address will not be published.