काठमाडौं उपत्यकामा १६८४ र देशभर ३४३९ संक्रमित थपिए

काठमाडौं उपत्यकामा १६८४ र देशभर ३४३९ संक्रमित थपिए

पछिल्लो २४ घन्टा देशभर तीन हजार चार सय ३९ संक्रमित थपिएका छन्। योसँगै नेपालमा सक्रिय संक्रमितको २५ हजार ७ संख्या पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा उपत्यकामा मात्रै १६ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ। आज काठमाडौंमा १ हजार २ सय ९६ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा २ सय ९३ जना गरी उपत्यकामा १६ सय ८४ संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घन्टामा ११ सय २६ संक्रमितले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६८ हजार ६ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।


Leave a Reply

Your email address will not be published.