नेपालमा थप १५ कोरोना संक्रमितको मृत्यु
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १५ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा ५ महिला र १० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ७८ पुगेको छ। यो संक्रमित मध्य ज्यान गुमाउने ०.६१ प्रतिशत हो।
पछिल्लो २४ घन्टामा मोरङमा दुईजना, सिराहा र रौतहटमा एक/एक जना काठमाडौंमा ६ जनाले ज्यान गुमाएका छन्। यस्तै ज्यान गुमाउनेमा ललितपुर, चितवन, रुपन्देही, नवलपरासी र दाङका एक/एक जना रहेका छन्।