जाजरकोटमा जीप खस्यो, वडाध्यक्षसहित ७ जनाको मृत्यु
जाजरकोटको जुनिचाँदे गाउँपालिकामा भएको एउटा जीप दुर्घटनामा वडाध्यक्षसहित सात जनाको ज्यान गएको छ। जाजरकोटको लोड्नेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
पाँच जनाको शब नदीमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जीप सडकबाट ५०० मीटर भेरी नदीमा खसेको हो।
‘पाँचजनाको शब पानीमा तैरिइरहेको अवस्थामा फेला परेको छ। हामीले पहिचान गर्दैछौँ’ जिप्रकाका एक प्रहरीले भने ‘त्यो जीपमा ७ जना यात्रु भएको हामीलाई जानकारी आएको छ।’
जुनिचाँदे गाउँपालिका वडा ११का वडाध्यक्ष अमरबहादुर शाहीको पनि उक्त्त दुर्घटनामा मृत्यु भएको छ।