महेन्द्रनगरमा नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा
नेपाल इन्भेस्टमेन्ट बैंकले सुदूरपश्चिमको भीमदत्त नगरपालिका महेन्द्रनगरमा आफ्नो ८३ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ।
नवस्थापित शाखाको नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख सुवाशचन्द्र घिमिरेले उद्घाटन गरे।
महेन्द्रनगर शाखाले ग्राहकलाई वित्तीय पहुँच पु-याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्ने नेपाल इन्भेस्टमेन्ट बैंकले जनाएको छ।
नेपाल इन्भेस्टमेन्ट बैंकले ८३ शाखा, १ सय २५ एटिएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरबाट सेवा पु-याइरहेको छ।