सहकारी क्षेत्रको २५ वर्षे योजनाको मस्यौदा मन्त्री अर्यालसमक्ष पेश 

सहकारी क्षेत्रको २५ वर्षे योजनाको मस्यौदा मन्त्री अर्यालसमक्ष पेश 

राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको २५ वर्षे रणनीतिक योजना (२०७७÷०७८–२१०२÷०३) को मस्यौदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाइएको छ। 

बोर्डले बुधबार मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मन्त्री अर्याललाई २५ वर्षे रणनीतिक योजनाको मस्यौदा हस्तान्तरण गरेको हो।

रणनीतिक योजनाको मस्यौदा बुझ्दै मन्त्री अर्यालले सहकारी आन्दोलनको विस्तार, विकास र सुदृढिकरणका निम्ति रणनीतिक दस्तावेज निर्माण गरेको बताइन्। ‘सहकारी क्षेत्रको विकासको अवस्था, त्यसका सबल पक्षहरू के छन् ? अहिलेसम्म प्राप्त उपलब्धी के छन् भन्ने कुराको चर्चा गर्दै समग्र सहकारी क्षेत्रको विश्लेषण यो डकुमेन्टमा गरिएका छन्,’ मन्त्री अर्यालले भनिन्।

अन्तराष्ट्रिय अभ्यास, राष्ट्रिय अवस्थालाई समेत ध्यानमा राख्दै सहकारी क्षेत्रको समग्र विकासका निम्ती स्पष्ट भिजनका साथ रणनीति तयार गरिएको मन्त्री अर्यालले बताइन्। 

संविधानले ३ खम्बे अर्थनीतिमा सहकारी क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रुपमा लिएको प्रसङ्ग जोड्दै उनले संविधानको कार्यान्वयसँग जोडेर २५ वर्षे रणनीति तयार गरेको उल्लेख गरिन्।


Leave a Reply

Your email address will not be published.