जाजरकोट जीप दुर्घटना:  पाँच जनाको शव भेटियो, दुईजना वेपत्ता 

जाजरकोट जीप दुर्घटना:  पाँच जनाको शव भेटियो, दुईजना वेपत्ता 

जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँदा मृत्यु भएका पाँचजनाको सनाखत भएको छ। दुर्घटनामा दुईजना हराइरहेका छन्। एकजना घाइते अवस्थामा फेला परेका छन्। 

जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदे तर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका १ औलभीरमा दुघर्टना भएको थियो। 

प्रहरीका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ बर्षीय कृतिबहादुर शाही र सोही वडाका स्वास्थ्यकर्मी ३२ बर्षिय खेमराज शाहीको मृत्यु भएको छ। 

त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ बर्षीय कृष्णबहादुर शाही र २५ बर्षीया मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। 

दुईजना मजकोट खोलामा बेपत्ता भएका छन्। 

वडा नम्बर ११ का नरबहादुर बुढा गंभिर घाईते भएका छन्। उनको उपचारका लागि जिल्ला सदरमुकाम खलंगा ल्याईदैँछ। 

औलभीरबाट खसेको गाडी करीव दुई सय मिटर तल रहेको मजकोट खोलमा परेको थियो। 

अहिले गाडी खोलामै छ। वडाध्यक्ष शाहीको शव मात्र निकालिएको छ। अन्यको शव पानी भित्रै खोलामा रहेको र निकाल्न पहल भैरहेको डिएसपी श्रेष्ठले बताए। गाडी चालक गोरख बस्नेत फरार रहेका छन्। घटनास्थल सदरमुकाम खलंगा देखि २० कोष पश्चिम पर्दछ।


Leave a Reply

Your email address will not be published.