‘रक्तदान’बारे चेतनाका लागि इन्दिरा जोशीले अनलाइन कन्सर्ट गर्ने
कोरोना भाइरसकाे संक्रमण बढ्दै गएका कारण देशैभरी रगतको अभाव बढ्दै गएको छ।
संक्रमणको त्रासका कारण रक्तदान गर्नेको संख्या पनि घट्दै गइरहेको बेला रक्तदातालाई रक्तदान गर्न उत्प्रेरित गर्ने उद्देश्यले असोज २४ गते काठमाडौंमा अनलाइन कन्सट गर्न आयोजना गर्न लागिएको छ।
'हाम्रो लाइफ बैंक' ले आयोजना गर्ने अनलाइन कन्सर्ट कार्यक्रममा गायिका इन्दिरा जोशी र ब्यान्डले सांगीतिक कार्यक्रम प्रस्तुत गर्दैछन्।
स्वस्थ युवाहरुलाई नियमित रुपमा रक्तदान गर्नका लागि प्रेरित गर्ने उद्देश्यले अनलाइन कन्सर्ट गर्न आयोजना गर्न लागिएको कन्र्सटको मिडिया संयोजक प्रज्ञा ज्ञवालीले बताइन्।
गायिका जोशी आफैँ पनि रक्तदाता हुन्। गायिका जोशी रक्तदान कार्यक्रमहरूमा सक्रिय छिन्। कन्सर्टका माध्यमबाट रक्तदान सम्बन्धी जनचेतना अभिवृद्धि गर्न मद्दत पुग्ने गायिका जोशीले बताइन्।
गायिका जोशीलाई एनआरएनए बिटिएस र नेपाल रेडक्रस सोसाइटीले रक्तदानबारे जनचेतना फैलाउन विशेष दूत नियुक्त गरेको छ।
'हाम्रो लाइफ बैंक' ले केन्द्रीय र क्षेत्रीय ब्लड बैंकमा रगतको माैजदात वृद्धि गर्न नेपालका विभिन्न स्वयंसेवी र गैरनाफामुखी संस्थासँग सहकार्य गरी रक्तदातालाई रक्तदान गर्न उत्प्रेरित गर्दै आएको छ।
‘बिट्स फर लाइफ’ कन्सर्टको प्रमुख उद्देश्य रक्तदाता र युवा वर्गलाई नियमित रूपमा रक्तदान गर्न प्रोत्साहित गर्नु रहेको जानकारी दिइएकाे छ।