अपांगता भएका २४० लाई मन्त्री गुरुङले हस्तान्तरण गरे ह्विलचियर

अपांगता भएका २४० लाई मन्त्री गुरुङले हस्तान्तरण गरे ह्विलचियर

सरकारले अपांगता भएका २ सय ४० जनालाई ह्विलचियर वितरण गरेको छ। 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सहायक सामग्रीको सहज पहुँचमा पुग्न नसकेका उनीहरूलाई आधुनिक मोडलको ह्विलचियर हस्तान्तरण गरेका हुन्।

मन्त्री गुरुङले कोरोना भाइरसका कारण झनै समस्यामा परिरहेका अपांगता भएका व्यक्तिको जिम्मा राज्यले लिने बताए। उनले भौतिक पूर्वाधारसहितको अपांगतामैत्री वातावरण निर्माणमा ध्यान दिन पनि सबैलाई आह्वान गरे।

‘अम होँङ गिल ह्युमन फाउन्डेशन’को सहयोगमा उपलब्ध गराएको ती ह्विलचियर काठमाडौं उपत्यका बाहिरका जिल्लामा पनि आवश्यक्ता अनुसार वितरण गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय अपांग कोषका सभापति रमेश लामाले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.