‘सकस’ बीच नाम र राजधानी पाएको ‘बागमती’ 

‘सकस’ बीच नाम र राजधानी पाएको ‘बागमती’ 

प्रदेश ३ को राजधानी केन्द्र र नाम तोक्न पनि कम्ति सकस भएन। त्यसका लागि सत्तारुढ नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई ह्वीप नै जारी गर्नुपरेको थियो। 

प्रदेश ३ को संसदमा रहेका विवेकशील पार्टीका सांसदहरूले प्रदेश ३ को राजधानी काभ्रेको धुलिखेल प्रस्ताव गरेका थिए। भने नेकपा र कांग्रेसले हेटौडा नै प्रस्ताव गरेका थिए। 

त्यस्तै प्रदेश ३को नाम ‘बागमती’ का लागि भने सबै दल लगभग सहमत भएका थिए। 

प्रदेशसभाका एकजना ‘स्वतन्त्र सांसद’ प्रेमबहाद्र तामाङले मात्रै यो प्रदेशको फरक नाम प्रस्ताव गरेका थिए। 

प्रदेश ३ को नाम ‘नेवा: ताम्सालिङ’ प्रस्ताव गरेका थिए। तर उनले त्यो प्रस्तावको कोही पाएनन् र उक्त्त प्रस्ताव संसदमा दर्ता नै भएन। 

प्रदेशको नाम ‘बागमती’ र यसको राजधानी मकवानपुरको हेटौंडा बनाउनक लागि भने संसदका चार दल नेकपा, नेपाली कांग्रेस, राप्रपा र राप्रपा संयुक्त मिलेर प्रस्ताव गरेका थिए। 

यो प्रस्ताव प्रदेश संसदमा बहुमतले पारित भयो। र, २०७६ साल पुस २७ गतेदेखि ‘बागमती’ प्रदेश, राजधानी हेटौडा भयो। 


Leave a Reply

Your email address will not be published.