नेपालका लागि डब्ल्यूएचओका नयाँ प्रतिनिधि डा. पाण्डव 

नेपालका लागि डब्ल्यूएचओका नयाँ प्रतिनिधि डा. पाण्डव 

नेपालका लागि विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) का प्रतिनिधि डा.राजेश समबाजीराव पाण्डवले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

डा. पाण्डव असोज २ गते नेपालस्थित विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका हुन्।  
त्यसक्रममा उनले नेपालको स्वास्थ्य क्षेत्र सुधारका एजेन्डालाई प्राथमिकता दिने बताएका थिए। 

‘नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले विगतको ५० वर्षमा बलियो साझेदारी विकास गरेका छन्, जसले स्वस्थ नेपालको साझा उद्देश्य बोकेको छ’ डा.पाण्डवले भनेका छन्, ‘मैले नेपाल सरकार र अन्य साझेदारहरूसँगको साझेदारीलाई थप सुदृढीकरण गर्न र सबैका लागि स्वास्थ्यको महत्वपूर्ण एजेन्डालाई अघि बढाउन पहल गर्नेछु।’

उनले नेपालमा स्वास्थ्यकर्मीहरूले गरिरहेको कामको महत्वलाई जोड दिँदै सबैका लागि अत्यावश्यक स्वास्थ्य सेवाको सुनिश्चितता गर्दै कोभिड—१९ महामारीको सामनाका लागि एकजुट हुनुपर्ने बताए। 

‘विश्वभरि नै र नेपालमा पनि अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीहरूमा बढिरहेको कोभिड—१९को संक्रमणले गर्दा आफु चिन्तित बनेको र  स्वास्थ्यकर्मीहरू नै जोखिममा भएमा,सबै जोखिममा पर्ने उनको भनाई छ।

डा. पाण्डवले भीडभाड गर्दा भाइरस संक्रमणक जोखिब बढ्ने भएकाले सबै नेपालीलाई जिम्मेवार भएर चाडपर्व मनाउनु आग्रह गरे। 
युवाहरूले घरका जेष्ठ सदस्यहरू तथा जोखिममा रहेका अन्य सदस्यहरूको सुरक्षा लागि विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो। 

‘युवासँग जोखिम समूहमा रहेकाहरूको जीवन रक्षा गर्ने वा उनीहरूलाई जोखिममा पार्ने, दुईटा विकल्प छन्’ उनले भनेका छन्।

नेपाल आउनुअघि, डा. राजेश सन् २०१५ अप्रिलदेखि सन् २०२०, सप्टेम्बरसम्म टिमोर(लेस्टेको लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधि थिए।


Leave a Reply

Your email address will not be published.