चेन्नईमाथि काेलकाताकाे सान, चम्किए त्रिपाठी
अबुधाबीस्थित शेख जायेद रंगशालामा बुधबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) मा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले फेरि अर्काे हार बेहाेरेकाे छ। १० रनले कोलकाता नाइट राइडर्ससँग पराजित भयाे।
६ खेलमा ४ खेल हारेकाे चेन्नई पाँचौं स्थानमा छ भने कोलकाता याे जियसँगै तेस्रो स्थानमा उक्लिएको छ। काेलकाता भने यसअघि मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएकाे थियाे। टाेलीकाे याे तेस्राे जित हाे। आठ टिममा शीर्ष चार टोली प्लेअफमा पुग्ने छन्।
टस जितेको कोलकाता २० ओभरमा १ सय ६७ रन बनाएर अलआउट भएकाे हाे।
ओपनर राहुल त्रिपाठी ले ८१ रन बनाए। म्यान अफ द म्याच उनले ५१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। सुबमन गिलले ११, सुनिल नारिनले १७ र कप्तान दिनेश कार्तिकले १२ रनमा बनाए। प्याट कुमिन्स १७ रनमा नटआउट रहे।
काेलकाताका राहुल त्रिपाठी ।
चेन्नईका ड्वायने ब्राभोले ३७ रनमा ३, साम कुरान, शार्दुल ठाकुर र करण शर्माले २–२ विकेट लिए।
जवाफमा चेन्नईले निर्धारित ओभरमा ५ विकेट गुमाई १ सय ५७ रन बनाएकाे थियाे।
ओपनर शेन वाटसनले ५० रन जाेड्दै लगातार अर्धशतक बनाए। उनले ६ चौका र १ छक्का हाने। फाफ डु प्लेसिसले १७, अम्बती रायडुले ३० रन, कप्तान धोनीले ११ रन, साम कुरानले १७ बनाए। रवीन्द्र जडेजा २१ र केदार जाधब ७ रनमा नटआउट रहे।
बिहीबार किंग्स इलेभेनले सनराइजर्स हैदराबादसँग खेल्नेछ।