प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी आह्वान
संघीय संसद, संसदीय सुनुवाई समितिले प्रस्तावित तीनजना राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ।
समितिले सार्वजनिक सूचना जारी गरी अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि सिफारिस राजदूत क्रमशः युवराज खतिवडा, लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरी दिन भनेको हो।
प्रस्तावित व्यक्तिहरू राजदूत पदका लागि उपयुक्त भए नभएकोबारेमा सर्वसाधारणले कात्तिक १ गतेभित्र उजुरी दिन सकिनेछ।