आज सुनचाँदीको भाउ कति? 

आज सुनचाँदीको भाउ कति? 

नेपाली बजारमा बिहीबार बहुमूल्य पहेलो धातु सुनको भाउ २ सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ छ। 

बुधबार छापावाल सुन ९४ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो। बिहीबार तेजावी सुनको भाउ तोलाको ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ। 

बुधबार तेजावी सुनको भाउ तोलाको ९३ हजार ६ सय रुपैयाँ थियो। महासंघका अनुसार बिहीबार चाँदीको भाउ पाँच रुपैयाँले बढेको छ। 

बुधबार चाँदीको भाउ तोलाको १ हजार १ सय ७५ रुपैयाँ रहेकामा बिहीबार १ हजार १ सय ८० पुगेको छ।
 


Leave a Reply

Your email address will not be published.